माधबनारायण नगरपालिका-७ घर भई हाल गरुडा नगरपालिका-३ मलाही टोल बस्ने १८ वर्षीय राजु सहनी र २० वर्षीय परिक्षण सहनीलाई ०८१ मङ्सिर ४ गते गढिमाई नगरपालिका-९ का वडाध्यक्ष ४० वर्षीय हरिश्चन्द्र सहनी समेत चार जनाले अमानवीय व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन आरोपितहरूविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिनुभएको छ ।
गरुडा बजारबाट घर फर्कदै गर्दा बिच बाटोमा बसिरहेका गढिमाई नगरपालिका-९ का वडाध्यक्ष हरिश्चन्द्र सहनी सोही वडाका ३५ वर्षीय सोनेलाल सहनी, ३० वर्षीय सनम सहनी र ३२ वर्षीय शैलेन्द्र सहनीले बिना कुनै कारण गालीगलौज र कुटपिट गर्नुका साथै जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको भन्दै पीडितहरूले आरोपितहरूविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएको डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
घटनापश्चात तीन जना आरोपितहरूलाई सोही दिन गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएको र आरोपित वडाध्यक्ष भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो ।