INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा दुर्व्यवहार

घोराही उपमहानगरपालिका–१५ का ६० वर्षीय धर्मबहादुर बस्नेत र उहाँकी पत्नी ५७ वर्षीया माधवा बस्नेतलाई अज्ञात समूहले नाक काटिदिएर दुर्व्यवहार गरेको छ ।

पाँच/सात जनाको नचिनेका मान्छेहरूले ०८१ मङ्सिर ६ गते घोराही उपमहानगरपालिका–१५, बीपी चोक नजिकै समातेर दुबै जनाको नाकमा चक्कुले काटेर भागेका थिए । नाकको माथिल्लो भाग काटिएर घाइते हुनुभएका दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ । घाइतेहरू खतरामुक्त रहेका छन् । उक्त घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुनकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

नेकपा (बहुमत) दाङले मिटरब्याज लिएर सर्वसाधारणको उठीवास लगाएको आरोप लगाउँदै बस्नेत दम्पत्तिमाथि पार्टीले जनकारवाही गरेको जनाएको छ । बहुमत दाङका जिल्ला सेक्रेटरी अमर खड्काले मङ्सिर ६ गते विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिनु भएको हो । उहाँले बस्नेत दम्पत्तिको नाक काटेर सच्चिने अवसर दिएको बताउनु भयो । नेकपा बहुमतले बस्नेत दम्पत्तिले सर्वसाधारणसँग मिटर ब्याजको धन्दा चलाएको, पीडितहरूलाई आत्महत्या गर्नेसम्मको स्थितिमा पुर्‍याएको आरोप लगाएको छ ।

Photo22112024Dang

Photo22112024Dang1

अन्य

भिडियो