INSEC Online

📅 २०८३ जेष्ठ २२

आचारसंहिता विपरीतका निर्वाचन प्रचार सामग्री हटाइयो

जिल्ला निर्वाचन कार्यालय र स्थानीय प्रशासनको संयुक्त टोलीले सदरमुकाम राजविराज नगरको विभिन्न स्थानको सार्वजनिक स्थल र सरकारी कार्यालयहरूमा लगाइएको दलका प्रचारप्रसार सामग्री कात्तिक ३० गते हटाएको छ ।

Photo20171116Saptari

आगामी मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले हजारौँको सङ्ख्यामा झुण्डाएका, टाँगेका तथा टाँसेका तुल, व्यानर, पोष्टर, पम्प्लेट, झण्डाहरू हटाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।

राजविराजस्थित गजेन्द्र चोक, उच्च अदालत, जिल्ला अदालत, मुख्य निर्वाचन अधिकृत निवास, जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला मालपोत कार्यालयलगायतका सरकारी कार्यालयहरू, सार्वजनिक स्थल, मन्दिर, पोल र खम्बाहरूमा लगाइएको प्रचार सामाग्री हटाउन थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Photo20171116Saptari1

राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू, राजनीतिक दलका पदाधिकारीहरूले आचारसंहिता पालना गर्ने भनी कात्तिक २१ गते प्रतिबद्धता जनाए पनि पोष्टर र व्यानरले नगर कुरुप बनाइएको थियो ।

प्रतिबद्धताविपरीत आचारसंहिताको उल्लङ्घन गर्दै पोष्टर, व्यानरहरू टाँस्ने, झुण्ड्याउने होडबाजी नै चलेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कात्तिक २९ गते पुनः दल र स्वतन्त्र उम्मेदवारहरूबिच छलफल गरी आचारसंहिता पालनामा जोड दिएको थियो ।

दल र स्वतन्त्र उम्मेदवारहरूलाई प्रचार सामग्री आफैँ हटाउन भनिए पनि निर्वाचन आचार संहिता विपरीत टाँगिएका र टाँसिएका पोष्टर र व्यानर नहटाएपछि निर्वाचन कार्यालय र स्थानीय प्रशासनले स्वयम् हटाउनु परेको प्रमुख जिल्ला अधिकारी भारिथ पाण्डेयले बताए ।

अन्य

भिडियो