INSEC Online

📅 २०८३ जेष्ठ २१

कञ्चनपुरमा ८६ मतदान स्थल अति सम्वेदनशील

आगामी मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी कञ्चनपुरमा तोकिएका १ सय ३२ मतदानस्थल मध्ये ८६ मतदानस्थल अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ ।

कुल १ सय ३२ मतदानस्थल मध्ये ३२ मतदानस्थल सम्वेदनशील र १४ सामान्य मतदानस्थलका रूपमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

प्रतिनिधि सभाका लागि तीन निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा २ लाख ६४ हजार ९ सय ७३ जना मतदाता र ३ सय २० मतदान केन्द्र रहेका छन् ।

अन्य

भिडियो