१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका–८ का ३८ वर्षीय रामचन्द्र कार्कीलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ४ गते पशुपति चौलागाई स्मृति अस्पताल, चरिकोटमा गरिएको छ ।