झिमरुक गाउँपालिका–६ का २६ वर्षीय रेशम सुनारलाई पटक पटक जातीय विभेद गरेको आरोपमा झिमरुक गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय प्रमोद पोख्रेल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ मङ्सिर ४ गते उजुरी दर्ता भएको छ ।
पीडितलाई आरोपितले गाउँपालिकाको गाडी चलाउँदा गाउँ घर जाँदा गाडी चालक दलित भएका कारण गाउँमा बस्न, खान समस्या भएको र सम्झैतामा लिएको निजी गाडी दलित चालक भएको कारण पुन सम्झैता नगरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।
आफूले कुनै प्रकारको जातीय विभेद नगरेको र राजनीतिक प्रतिसोधका कारण झुट्टा आरोप लगाइएको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनु भयो ।
यस घटनाको विषयमा जिल्लाको संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, प्यूठान र दलीत अधिकारकर्मीहरूले ०८१ मङ्सिर ४ गते प्रेस विज्ञप्ति जारी गरी न्याय सम्पादन गर्ने जिम्मेवार व्यक्तिबाटै जातीय विभेद हुनु दलित समुदायको तर्फबाट घोर भत्सना गदै पीडकलाई कानुनी दायरामा ल्यायी पीडितलाई न्याय दिनको लागि माग गरेका छन् ।