१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कात्तिक २९ गते गरिएको छ ।