INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत सवारी साधनको प्रयोग

जिल्लाका मुख्य राजनीतिक दलका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै सवारी साधनको प्रयोग गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले ०७४ कात्तिक २६ गते भित्र सबै उम्मेदवारहरूलाई चुनावमा प्रयोग गरिने सवारी साधनको अनुमति पत्र लिएर मात्र सवारी साधान चलाउन  निर्देशन दिएको भएपनि  कात्तिक २९ गतेसम्म राप्रपा, नयाँ शक्तिलगायतका साना दलका उम्मेदवार बाहेक कसैले पनि सवारीको अनुमति नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवारले चार वटा चार पाङ्ग्रे हलुका सवारी र चार वटा मोटरसाइकल तथा प्रदेश सभा सदस्यका उम्मेदवारले दुई ओटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुई ओटा मोटरसाइकल प्रयोग गर्न पाउने व्यवस्था छ ।

अन्य

भिडियो