INSEC Online

📅 २०८३ जेष्ठ २२

आचारसंहिता विपरीत मन्दिरमा चुनावी सभा

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि फोरम र राजपाको गठबन्धनले राजविराज नपा-६ स्थित बागेश्वरी मन्दिरमा कात्तिक २९ गते चुनावी सभा गरेर आचारसंहिता उल्लङ्घन गरेका छन् ।

Photo20171115Saptari

प्रतिनिधि सभा २ का उम्मेदवार रहेका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र प्रदेश सभाका उम्मेदवार राजपाका महासचिव मनिषकुमार सुमनले मन्दिर प्राङ्गणमा बनेको मञ्चबाट सम्बोधन गर्दै मत मागे । मन्दिर परिसरमा आयोजित चुनावी सभापश्चात सहभागीहरूलाई खाजा खुवाइएको थियो ।

Photo20171115Saptari1

निर्वाचन आचारसंहिता २०७२ को ४ (ज) मा कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिक स्थल प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचार-प्रसार गर्न वा गराउन नहुने उल्लेख छ । त्यसैगरी आचारसंहितामा भोजभतेर गर्नसमेत नपाइने उल्लेख छ ।

अन्य

भिडियो