दोश्रो चरण अन्तर्गत आगामी मङ्सिर २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा तोकिएका १ सय ६१ मतदानस्थलमध्ये ५२ मतदानस्थललाई अति सम्वेदनशील र १ सय ९ मतदानस्थललाई सम्वदेनशील सूचीमा राखिएकाले उच्च सतर्कता अपनाइने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताएका छन् ।
मतदानस्थललाई विशेष रूपमा उच्च सतर्कतामा राखिने उल्लेख गर्दै उनले चितवनमा ४ सय ८ मतदान केन्द्र तोकिएको जानकारी दिए ।