INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ३५ वर्षीय निमबहादुर डाँगीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

बबई गाउँपालिका-५ बगरपुरस्थित आफ्नै घरमा सुतिरहेका डाँगीलाई रातिको करिब नौ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको हो ।

कात्तिक २८ गते नेपाल कम्युनिष्ट पार्टी दाङले प्रेस विज्ञप्ति जारी गरी घरमा सुतिरहेका पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सविनले जारी गरेको विज्ञप्तिमा डाँगीलाई तत्काल हिरासत मुक्त गर्न र पार्टीका नेता, कार्यकर्तामाथिको धरपकड एवम् घर खानतलासी रोक्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।

अन्य

भिडियो