INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालमार्फत यौनजन्य सामाग्री निमार्ण गरी सञ्जाल मार्फत बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रतापपुर गाउँपालिका-७ का २४ वर्षीय अमनप्रताप हरिजनलाई प्रहरीले ०८१ कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितको फेसवुक लगायत सामाजिक सञ्जालमा फोटो र नाम राखि अश्लिल म्यासेजहरू बालिका तथा आफन्तजनहरूलाई पठाई दुरुपयोग गरेर चरित्रहत्या गरेको भन्दै पीडित पक्षले प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) को सहयोगमा गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी रेशम बोहराले बताउनु भयो ।

ब्युरोले जिल्ला अदालत, काठमाडौँबाट कात्तिक २९ गते पाँच दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी बोहराले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो