जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका ७७ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील केन्द्रको सूचीमा राखेको छ ।
मङ्सिर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि भौगोलिक विकटता, सुरक्षा निकायको पहुँच र अपराधिक गतिविधिको दृष्टिले ७७ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील घोषणा गरेको जिल्ला सुरक्षा समिति कैलालीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गाविन्दप्रसाद रिजालले बताए ।
जिल्लामा २ सय ३१ मतदान केन्द्र रहेकोमा ७७ ओटा मतदान केन्द्र अति सम्वेदनशील, १ सय १७ ओटा सम्वेदेनशील र ३७ ओटा मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको सुरक्षा समिति कैलालीले जनाएको छ ।