४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इच्छाकामना गाउँपालिका-४ का ४१ वर्षीय भेषराज चेपाङलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई कात्तिक १७ र २२ गते बलात्कार गरेको आरोपमा आरोपितलाई गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २८ गते भरतपुर अस्पतालमा गरिएको छ ।