INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई कात्तिक २३ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका-९ मङ्गलटारका १९ वर्षीय मनोज भनिने सरोज पहरीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
पीडितले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कात्तिक २५ गते जबरजस्ती करणी उद्योग शीर्षकमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।

 

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो