INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई कात्तिक ६ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पनौती नपा–२ कुशादेवीका ४५ वर्षीय बलराम घिमिरेलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

पीडितले कात्तिक २६ गते इलाका प्रहरी कार्यालय बनेपामा जबरजस्ती करणी उद्योग शीर्षकमा उजुरी दिएकी छन् । पीडितको स्वास्थ्य परीक्षण कात्तिक २७ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

आरोपितलाई हिरासतमा राखी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी ज्ञानबहादुर खड्काले बताउनु भयो ।

अन्य

भिडियो