INSEC Online

📅 २०८३ जेष्ठ २२

सामूहिक बलात्कार घटनाको उजुरी दर्ता

१३ वर्षीया बालिकालाई कल्याणपुर नगरपालिका-४ का २६ वर्षीय शिवकुमार यादव र नाम र ठेगाना नखुलेका अन्य दुई जना सहित तीन जनाको समूहले बलात्कार गरेको घटनाको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ कात्तिक २० गते दर्ता गरेको छ ।

आरोपितहरूले कात्तिक १८ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा कात्तिक १८ गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा कात्तिक १८ गते भयो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुका अनुसार आरोपितहरू फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो