INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्क्रमणकालीन न्यायिक आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान गरिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले कात्तिक २३ गते एक सूचना प्रकाशन गरी आवेदन माग गरेको हो।

इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम अध्यक्ष वा सदस्य पदका लागि अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी सात दिनभित्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेश गर्न भनिएको छ।

notice20241109kathmandu

छनोट प्रक्रिया बमोजिम अध्यक्ष र सदस्य पदका लागि इच्छुक व्यक्ति ३५ वर्ष पूरा भई, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको, राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानवअधिकार, शान्ति, द्धन्द्ध व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको इच्छुक व्यक्तिलाई अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी सात दिनभित्रमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेश गर्न भनिएको छ। आवेदन परेपछि समितिले योग्य व्यक्तिहरूको सूची तयार पारी अध्ययन गरी सिफारिस गर्ने जनाइएको  छ।

विज्ञ र क्षमता भएका व्यक्तिहरु नछुटुन् भनी उनीहरुलाई छनोट गर्दा सूचीमा पार्न प्रेरित गरिनु पर्ने सङ्क्रमणकालीन न्यायिक निगरानी समितिका संयोजक सुशील प्याकुरेल बताउनु हुन्छ ।

उहाँ भन्नु हुन्छ-‘क्षमता भएका र विज्ञ व्यक्तिहरुले आवेदन दिएनन् भन्ने खालको वातावरण नहोस् । १८ वर्षदेखि अल्झेको कामलाई सामान्य नबनाउन र व्यक्ति छनोट गर्दा विवेक पुर्‍याउनु पर्छ ।’

३५ वर्ष उमेर पूरा भई, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको, राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानव अधिकार, शान्ति, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेकोलगायत योग्यता तोकिएको छ।

अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ।

मन्त्रिपरिषद्को कात्तिक २ गतेको बैठकले गत २०८० चैत ३० को निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरेको थियो।

पुनर्गठित सिफारिस समितिको अध्यक्षमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र हुनुहुन्छ । समितिमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुनकुमार कार्की र स्टेला तामाङ रहनु भएको छ ।

अन्य

भिडियो