१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रामग्राम नगरपालिका-९, पिपरैयाका २४ वर्षीय दुरविजय यादवलाई प्रहरीले ०८१ कात्तिक २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २० गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गराइएको अस्पतालका प्रमुख मोहम्मद नुरुल होदाले बताउनु भयो ।