INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका-५ बस्ने २४ वर्षीय सरोज रसाइलीविरुद्ध पीडित पक्षले कात्तिक २६ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २४ बलात्कार गरेको आरोपमा मौखिक उजुरीका आधारमा आरोपितलाई कात्तिक २५ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो