सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ ।
बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा उप निर्वाचन हुने भएको हो ।
निर्वाचन आयोगले उपनिर्वाचन हुन लागेका अन्य स्थानको सिरिजङ्गा गाउँपालिका-३ सिकैचाको वडाध्यक्षका लागि समेत उपनिर्वाचन हुने निर्णय गरी प्रक्रिया अघि बढाउन जिल्ला निर्वाचन कार्यालय, ताप्लेजुङलाई परिपत्र गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज दुलालले बताउनु भयो ।
उपनिर्वाचन हुन लागेका अन्य स्थानको झैं अब सिकैचाका लागि पनि जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनका लागि कार्यक्रम अघि बढाउने निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज दुलालले भन्नुभयो ।
उप निर्वाचनका लागि ०८१ कात्तिक २६ गते निर्वाचन अधिकृत नियुक्त गरिने छ र कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापनाका कार्यक्रम तय गरिएका छन् ।
निर्वाचन आयोगले सिकैचाको वडाध्यक्षका लागि समेत अन्य स्थानको झैं उपनिर्वाचन गर्ने गरी कात्तिक ११ गते निर्णय गरेको हो ।
