दाङमा डेङ्गी रोगको सङ्क्रमण १० ओटै स्थानीय तहमा फैलिएको छ । मनसुन सकिए पनि रोगको सङ्क्रमणले बिरामी बढ्दै गएपछि अस्पतालमा बिरामीको भिड पनि बढेको छ । ०८१ जेठदेखि कात्तिक १५ सम्म दाङमा ४ सय १६ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
दाङमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा १ सय ७१ जना, घोराही उपमहानगरपालिकामा १ सय ४६ जना, लमही नगरपालिकामा ४८ जना, शान्तिनगर गाउँपालिकामा १७ जना, बबई गाउँपालिकामा १६ जना, राप्ती गाउँपालिकामा १२ जना, दङिगशरण गाउँपालिकामा १० जना, गढवा गाउँपालिकामा ६ जना, राजपुर गाउँपालिका र बङलाचुली गाउँपालिकामा चार/चार जना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेङ्गी फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । चाड पर्वको बेलामा पनि सङ्क्रमण बढेपछि अस्पतालमा भिड बढेको उहाँको भनाइ छ ।
यो अवधिमा राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा १ सय ३३ जनाले उपचार सेवा लिएका छ्न् । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पनि २ सय जना भन्दा बढीले सेवा लिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो ।











