INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सबैला नगरपालिका-१३ किरतपुरका २२ वर्षीय रामपुकार सदाविरुद्ध ०८१ कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालय धनुषाले उजुरी दर्ता गरेकोे छ।

आरोपितले युवतीलाई भदौ १३ गते अपहरण गरि शरीर बन्धक बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १४ गते इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिए पनि प्रहरीले वास्ता नगरेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।

उजुरीपश्चात आरोपित फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सागर कार्कीले बताउनु भयो ।

अन्य

भिडियो