INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी–पहिरोबाट कृषि क्षेत्रमा एक अरब बराबरको क्षति

असोज १२ गते आएको बाढी–पहिरोले काभ्रेपलाञ्चोक जिल्लामा कृषि क्षेत्रमा झण्डै एक अर्ब बराबरको क्षति भएको छ । कृषि विकास कार्यालय र पशु सेवा कार्यालय काभ्रेको तथ्याङ्कअनुसार ९० करोड २७ लाख ८१ हजार रुपियाँभन्दा बढीको क्षति भएको हो । खाद्यान्न तथा तरकारी बालीमा मात्रै ५६ करोड ६१ लाख रुपियाँ र पशुपालनतर्फ ३३ करोड ६६ लाख ८१ हजार रुपियाँ बराबरको क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ ।

photo20241031kabhre (1)

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीको संयोजकत्वमा बनेको क्षतिको विवरण सङ्कलन समितिले तयार पारेको विवरण अनुसार काभ्रेका १३ ओटा स्थानीय तहमा ५६ करोड ६१ लाख रुपियाँ बराबरको बाली नोक्सान भएको हो । कृषि विकास कार्यालयका अनुसार सबैभन्दा धेरै तरकारी बालीमा ४५ करोड २ लाख रुपियाँको क्षति भएको छ । धान बालीमा ७ करोड ३८ लाख रुपियाँ र मकै बालीमा ३ करोड ४३ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ ।

photo20241031kabhre (2)

जिल्लाको १ हजार ७ सय ८४ हेक्टर क्षेत्रफलमा लगाइएको ८ हजार ९ सय ८६ मेट्रिकटन धान, मकै, तरकारी लगायतमा क्षति भएको हो । बनेपा नगरपालिकाको १ सय १ हेक्टरमा लगाइएको ९ सय १२ मेट्रिकटन धान, मकै तरकारी गरी ७५ लाख १० हजार रुपियाँ, पनौती नगरपालिकामा २ सय ४० हेक्टरमा लगाइएको १ हजार ३ सय ८७ मेट्रिकटन अन्नबाली नष्ट भएको छ । धुलिखेल नगरपालिकामा २ सय ३५ हेक्टरमा लगाइएको १ हजार ३ सय ९४ मेट्रिकटन धान, मकै तरकारी लगायतका कृषि बालीमा क्षति भएको छ । क्षतिलाई रकममा परिवर्तन गर्दा ९६ लाख ५० हजार रुपियाँ बराबरको मूल्याङ्कन गरिएको छ ।

photo20241031kabhre (3)

पाँचखाल नपामा १ सय ९८ हेक्टरमा लगाइएको धान र तरकारीमा क्षति पुगेको छ । नमोबुद्ध नगरपालिकामा १ सय २७ हेक्टरमा लगाइएको खेतीमा क्षति भएको छ । मण्डन देउपुर नपामा ४४ हेक्टर, खानीखोला गाउँपालिकामा ७८ हेक्टर, चौरीदेउराली गाउँपालिकामा ८५ हेक्टर, तेमाल गाउँपालिकामा ४४ हेक्टर, बेथानचोक गाउँपालिकामा १७ हेक्टर, भुम्लु गाउँपालिकामा १५ हेक्टर, महाभारत गाउँपालिकामा ५७ हेक्टर र रोशी गाउँपालिकामा १ सय ३८ हेक्टर जमीनमा लगाइएको धान, मकै तथा तरकारी खेतीमा क्षति पुगेको छ ।

photo20241031kabhre (4)

जिल्लामा ७ हजार २ सय परिवारले लगाएका बालीको प्रारम्भिक क्षतिको अनुमान ४२ करोड ६३ लाख रुपियाँ रहेको कृषि कार्यालयका प्रमुख दवाडीले जानकारी दिनु भयो । उहाँका अनुसार सबैभन्दा धेरै पनौतीमा ९ करोड ४१ लाख रुपियाँ र धुलिखेलमा ५ करोड ४८ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

photo20241031kabhre (5)
कार्यालयले सार्वजनिक गरेको कृषिमा क्षतिको विवरणमा ६ सय ६९ दशमलव ८ हेक्टर क्षेत्रफलको धान, ३० हेक्टरको मकैबाली तथा ४ सय २७ दशमलव ७९ हेक्टर क्षेत्रफलको कृषि बालीमा क्षति पुगेको छ । यस्तै २ हजार ९ मेट्रिकटन धान, ८४ मेट्रिकटन मकै, ४ हजार २ सय मेट्रिकटन तरकारी तथा अन्य बालीमा गरी कुल ६ हजार ३ सय ७१ मेट्रिकटनमा गिरावट आउने उल्लेख गरिएको छ ।

photo20241031kabhre (6)

जिल्लामा बाढी–पहिरोबाट करिव ४ हजार पशुपन्छी मरेको अनुमान गरिएको छ । सबैभन्दा धेरै पनौती नगरपालिकामा २ हजार १ सय पशुपंछी मरेका छन् । जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख डा.निशान्त शर्मा गेलालका अनुसार जिल्लाका १३ ओटै स्थानीय तहबाट प्रारम्भिक तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ । गेलालका अनुसार मरेका पशुहरुको ब्यवस्थापन, घाइते पशुको उपचार तथा आहारका लागि स्थानीय तहमार्फत सहयोग उपलब्ध गराइएको छ । स्थानीय सडकमार्ग सञ्चालन लगत्तै प्रभावित तहमा सहयोग उपलब्ध गराइने छ ।

photo20241031kabhre (7)

जिल्लाको रोशी, चौँरीदेउराली, महाभारत, खानीखोला लगायतका स्थानीय तहमा भएको क्षतिको विवरण नै प्राप्त भएको छैन । धुलिखेलमा २ सय ९१, बनेपामा ६९, नमोबुद्धमा १२, मण्डनदेउपुरमा ३, पनौतीमा २ हजार १ सय, पाँचखालमा ४ सय ४०, बेथानचोकमा ८०, भुम्लुमा ९ सय ८७ र तेमालमा २५ ओटा पशुपन्छी मरेको कार्यालयले जनायो । जसमध्ये ५२ओटा गाई, ४० ओटा भैसी, १ सय ६४ ओटा बाख्रा, १ सय १३ ओटा बंगुर, १ हजार १ सय २९ ओटा कुखुरा, ४ सय ४ ओटा हाँस, पाँच ओटा खरायो गरी ४ हजार ७ ओटा पशुपन्छी मरेको प्रारम्भिक तथ्याङ्कमा समावेश गरिएको छ ।

photo20241031kabhre (8)

photo20241031kabhre (9)

Exif_JPEG_420

Exif_JPEG_420

Exif_JPEG_420

photo20241031kabhre (13)

photo20241031kabhre (14)

photo20241031kabhre (15)

 

अन्य

भिडियो