INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिगु गाउँपालिका-३ का २० वर्षीय हिमाल श्रेष्ठलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कातिक १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कातिक १४ गते पशुपति चौलागाई स्मृति अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो