INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई कात्तिक ४ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खानीखोला गाउँपालिका–७ मिल्चेका ६८ वर्षीय जितबहादुर घिसिङलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले घटनाका सम्बन्धमा कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो