INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई साउन १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका–६ सिपालीका २९ वर्षीय बासुदेव उप्रतीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाका आफन्तले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबरजस्ती करणी शीर्षकमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण कात्तिक १२ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।

अन्य

भिडियो