INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक तथा मानसिक अपाङ्गता भएकी ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–१४ का २७ वर्षीय सुनिल परियारलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक ८ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ८ गते गोरखा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो