INSEC Online

📅 २०८३ जेष्ठ २२

१३२५ र १८२० सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न लुम्बिनीमा निर्देशक समिति गठन

महिला शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय निर्देशक समिति गठन गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा प्रदेश निर्देशक समिति गठन गरेको जानकारी दिनुभएको हो । कार्ययोजना कार्यान्वयनलाई गति दिन समिति गठन गरिएको मुख्यमन्त्री आचार्यले बताउनु भयो ।

प्रदेश निर्देश समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल तथा सदस्यहरूमा सामाजिक विकास समितिका सभापति, प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव, निर्देशक समितिले तोकेका दुई जना द्वन्द्वपीडित महिला र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख सदस्य सचिव रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मुख्यमन्त्री आचार्यले ०८१ असोज १३ गते गठन गरिएको समितिले स्थानीय तहसम्म राष्ट्रिय कार्ययोजना कार्यान्वयन समिति निर्माण गर्ने र द्वन्द्वपीडितका समस्या सम्वोधनमा काम गर्ने बताउनु भयो । योसँगै सात ओटै प्रदेशमा निर्देशक समिति गठन भएका छन् ।

अन्य

भिडियो