INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्ति कुटपिट घटनाका आरोपित गिरफ्तार

बोलाइ र सुनाइ सम्बन्धी अपाङ्गता हुनु भएका ५० वर्षीय कैलाशकुमार गुरूङलाई अमानवीय तवरले कुटपिट घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ ।

साविक विराटनगर-२० मटेरुवा स्थायी ठेगान भइ हाल गोरखामा बस्दै आउनु भएका गुरूङलाई ०८१ कात्तिक ४ गते कुटपिट गरी दुवै हात भाँचिदिएको, कान काटि दिएको र टाउकोमा गहिरो चोट हुने गरी कुटपिट घटनाका आरोपित विराटनगर महानगरपालिका-११ का २४ वर्षीय राजकुमार सहनीलाई प्रहरीले कात्तिक १० गते विराटनगर बसपार्कबाट गिरफ्तार गरेको हो ।

अपाङ्गता भएका व्यक्तिलाई अमानवीय ढङ्गले कुटपिट गरी फरार भएका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले कुटपिट तथा अङ्गभङ्ग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेको छ ।

कुटपिटबाट घाइते हुनु भएका पीडितको कोशी अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

अन्य

भिडियो