१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका-२ नारायणपुर का २७ वर्षीय विनोद साह सोनारविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ कात्तिक ९ गते उजुरी दिनुभएको छ ।
पीडित बालिकालाई आरोपितले असोज २७ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकोमा प्रहरीले कात्तिक ११ गते उजुरी दर्ता गरेको पीडित पक्षले बताउनु भयो ।
घटनापश्चात आरोपित साह सोनार फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ११ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।