INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता तोड्दै दलहरू प्रचारमा विद्यालयको खेलमैदानमा वाम गठबन्धनको सभा

निर्वाचन आचारसंहिता विपरीत चितवनमा दलहरू चुनावी प्रचारमा जुटेका छन् । प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरू मत माग्न व्यस्त रहँदा आचारसंहिताको बेवास्ता गरेको पाइएको छ । कात्तिक २४ गते भरतपुर-९ स्थित सिर्जना इङ्लिस बोर्डिङ स्कुलको खेल मैदान प्रयोग गरी वाम गठबन्धनले चुनावी प्रचार सभा गरेको छ । यो निर्वाचन आचारसंहिता विपरीतको घटना हो ।

‘विद्यालय क्षेत्र प्रयोग गर्न पाइँदैन ।’-चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले भने-‘के गर्दा आचारसंहिता उल्लङ्घन हुने र नहुने भन्ने स्पष्ट व्यवस्था भएकाले दलहरूलाई चुनावी कार्यक्रममा आचारसंहिता ख्याल गरेर अघि बढ्न आग्रह गर्छु’

विद्यालयका प्रिन्सिपल नारायण गौतमले बिहीबार मौखिक जानकारी गराएर शुक्रबार सभा गरिएको बताए ।

सभाका कारण सामान्य रूपमा पढाइ प्रभावित भएपनि विद्यालय क्षेत्र प्रयोग गर्न नहुने विधि विपरीत दलहरूले प्रयोग गरेकोमा उनले दुःख व्यक्त गरे ।

त्यसैगरी दलहरूले चुनाव प्रचारप्रसारको क्रममा स्पिकर प्रयोग गर्ने गरेका छन् । आयोगद्वारा जारी निर्वाचन आचारसंहिताको परिच्छेद २ (क) १२ नम्बर बुँदामा आमसभा गरेको स्थल र समय बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने उल्लेख छ ।

अन्य

भिडियो