३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा २७ वर्षीय देवरविरुद्ध कात्तिक ८ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी परेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक ७ गते बलात्कार प्रयास गरेको पीडितको आरोप छ । घटनाका आरोपितलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाकी कविता मानन्धरले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परिक्षण कात्तिक ८ गते प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरमा भयो ।