१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–१२ का २१ वर्षीय नरेश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक ७ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले असोज ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनाका आरोपित विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ७ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।