१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बाँसगढी नगरपालिका-८, ककौरा झनैरा टोलका २२ वर्षीय विक्रम भण्डारीलाई प्रहरीले ०८१ कात्तिक ७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले असोज २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ७ गते इलाका प्रहरी कार्यालय, मोतिपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ७ गते जिल्ला अस्पतालमा भयो ।