INSEC Online

📅 २०८३ जेष्ठ २२

विवाह गरेको आठ वर्ष बितिसक्दा पनि नागरिकता नपाएको गुनासो

अदानचुली गाउँपालिका–५, काँखे गाउँकी ३३ वर्षीया धनी टमटाले विवाह गरेको आठ वर्ष बितिसक्दा पनि नागरिकता नपाएको गुनासो गर्नुभएको छ । आफूले विवाह गरेको आठ वर्ष भइसक्दा पनि आफ्नो पतिले नागरिकता नबनाइदिएको गुनासो गर्नुभएको हो ।

विवाह गरेर दुई ओटा बालबच्चा हुँदा पनि पतिले आफ्नो र बालबच्चाको हेरचाहा नगरेको गुनासो गर्नुभएको छ । नागरिकता बनाइदिनु भन्दा उल्टै पतिले धम्की पूर्ण भाषा बोल्ने, कुटपिट गर्न खोज्ने गरेको टमटाको भनाइ छ ।

उहाँका अनुसार आफू भन्दापछि पतिले बहुविवाह गरेर आफ्नो वास्ता नगरेको बताउनु भयो । कान्छी पत्नीबाट एक जना छारी र आफूबाट एक जना छोरा र एक जना छोरी भएको उहाँको भनाइ छ । यतिखेर पति कान्छी पत्नीसँग बस्दै आएको र आफ्नो हेरचाह नगरेको उहाँले बताउनु भयो ।

कान्छी पत्नी विवाह गरेकै कारण आफ्नो नागरिकता नबनाएको पीडित महिलाले गुनासो गर्नुभएको छ । नागरिकता नभएका कारण विभिन्न सेवा सुविधाबाट वञ्चित हुनुपरेको उहाँले गुनासो गर्नुभयो । पीडित महिलाले माइतीको आर्थिक पहुँच नभएका कारण हालसम्म कुनै निकायमा पनि उजुरी दिनुभएको छैन ।

अन्य

भिडियो