INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा ज्वालामूखी गाउँपालिका–४ का १९ वर्षीय विशाल गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ कात्तिक ४ गते उजुरी दर्ता भएको छ ।

पीडितलाई २ वर्षदेखि ललाइ फकाइ बलातकार गर्दै आएको र अन्तिम पटक आरोपितले ०८१ असारमा बलात्कार गरेको पीडितले उजुरीमा उल्लेख गरिएको छ ।

बलात्कारबाट गर्भवति भएकी पीडितले ०८१ कात्तिक  २ गते धादिङ अस्पतालमा  बच्चा जन्माउनुभएको छ।

पीडितले जिल्ला प्रहरी कार्यालय धादिङ आरोपित विरुद्ध ०८१ कात्तिक २ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण र उपचार धादिङ अस्पताल एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट भइरहेको छ । आरोपित फरार छन् ।

अन्य

भिडियो