सिद्धलेक गाउँपालिका-६ कुम्पुरभन्ज्याङकी ८६ वर्षीया महिलाको हत्या गरेको आरोपमा गोरखा जिल्ला आररुचनौटे गाउँपालिका–९ का ३० वर्षीय विजय श्रेष्ठ विरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा ०८१ कात्तिक २ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
जेष्ठ नागरिक महिलाको ०८१ असोज ३० गते हत्या गरी बारीमा लडाएको गाउँबासीले देखेपछि शव छाडेर आरोपित भागेका थिए ।
आरोपित श्रेष्ठलाई नीलकण्ठ नगरपालिका–८ ससाह नजिकैबाट प्रहरीले कात्तिक १ गते गिरफ्तार गरेको थियो ।
शवको पोष्ठमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कात्तिक २ गत गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ ।