INSEC Online

📅 २०८३ जेष्ठ २१

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले नुवाकोट तादी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा महानगरपालिका–२६ नयाँ बसपार्कस्थित निमा गेष्ट हाउसका सञ्चालक २९ वर्षीय सुजन तामाङलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले आर्थिक प्रलोभन देखाएर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा पीडित पक्षले एक वर्षअघि नै प्रहरीमा उजुरी गरेको थियो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा आरोपितलाई कात्तिक १ गते गिरफ्तार गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो काठमाडौँका एसपी गौतम मिश्रले जानकारी दिनु भयो ।

अन्य

भिडियो