INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँपालिका–५, याङचुका २२ वर्षीय मानबहादुर सुनारलाई प्रहरीले ०८१ कात्तिक २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २ गते जिल्ला अस्पतालमा भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

अन्य

भिडियो