INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका-५ का २६ वर्षीय किशनन्दन राय यादवविरुद्ध ०८१ असोज ३० गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भयो ।

पीडितलाई आरोपितले ०८१ असोज १३ गते नयाँ लुगा र नगद रुपियाँको दिने प्रलोभन देखाइ बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएको बताउनु भयो ।

घटनापछि आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मुक्तीनाथ सापकोटाले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो