ताप्लेजुङमा पहिलो चरण अन्तर्गत मङ्सीर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्धारित ७३ मतदान स्थलहरूमध्ये २२ मतदानस्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसिका अनुसार सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील बाहेक २० ओटा मतदान स्थललाई सम्वेदनशील र ३१ ओटालाई सामान्य अवस्थाका मतदानस्थलका रूपमा बर्गिकरण गरी सोही अनुसार सुरक्षा नीति अवलम्बन गरिएको छ ।
जिल्लामा कुल ७३ मतदानस्थलहरूमा १ सय १४ ओटा मतदान केन्द्रका लागि १ हजार ८ सय ७२ सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ जिसीले जानकारी दिए ।