वीरेन्द्रनगर नगरपालिका-५, कालिका टोलकी नौ वर्षीया प्रेमा सुनार र १० वर्षीया जस्मिन कसेरालाई असोज २५ गते नवमीको पुजा गर्दा जातीय विभेद गर्दै पुजा गर्न नदिएको आरोपमा वीरेन्द्रनगर नगरपालिका-५, कालिका मन्दिरकी पुजारी ६७ वर्षीया सरस्वती राना विरुद्ध असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
अन्य व्यक्तिहरूसँगै मन्दिरमा पुजा गर्न लाइनमा बसिरहेका बेला आरोपितले दलित समुदायलाई टीका र पुजा गर्न नमिल्ने भन्दै बाहिर लखेटेको पीडित पक्षको आरोप छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र वीर विश्वकर्माले जाहेरी दर्ता भइसकेकाेले कानुनी प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयाे ।