जिल्ला सुरक्षा समितिले बैतडीका १ सय ८२ मतदान केन्द्रमध्ये तीन मतदानकेन्द्रहरू अति सम्वेदनशील भएको जनाएको छ ।
समितिले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि अन्य ३८ ओटा निर्वाचन केन्द्रलाई पनि सम्वेदनशील भनी पहिचान गरेको जनाएको छ ।
उक्त तीन मतदानकेन्द्रहरू पुचौडी नगरपालिकामा पर्दछन् । “पुचौडीका तीनओटा मतदानकेन्द्रहरू अति सम्वेदनशील भएकाले सुरक्षा सजगता अपनाइएको छ ।”-प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने ।
न्वादेउ अधारभुत विद्यालय, पहरोल मावि बागा र खेती मावि तल्लादेही मतदान केन्द्रलाई अतिदसम्वेदनशील मतदान केन्द्रका रूपमा पहिचान गरिएको हो ।
भगौलिक विकटता र स्थानीय तहको निर्वाचनमा घटेका घटनालाई अधार बनाएर अति सम्वेदनशील र सम्वेदनशील मतदानकेन्द्र छुटयाएको र त्यसको सुरक्षाको लागि तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताए ।