नेपाल एयरलाइन्सको कार्यालय तोडफोड गरेको आरोपमा सिमकोट गाउँपालिका–६ का ४६ वर्षीय दसरत रावतलाई प्रहरीले ०८१ असोज २९ गते गिरफ्तार गरेको छ ।
हुम्लाबाट नेपालगञ्ज जाने हवाई टिकट नदिएको रिसमा उक्त कार्यालयको झ्यालको सिसा तोडफोड गरेको भन्दै नेपाल एयरलाइन्स हुम्लाका स्टेशन इन्चार्ज छिरिङ लामाले असोज २९ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर सुरेश सुवेदीले जानकारी दिनुभयो ।
इन्चार्ज लामाको उजुरीका आधारमा आरोपित रावतलाई हाल प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको इन्स्पेक्टर सुवेदीको भनाइ छ ।