INSEC Online

📅 २०८३ जेष्ठ २२

हत्या घटनाका आरोपित गिरफ्तार

ताप्ली गाउँपालिका-६ थानागाउँ स्थायी घर भइ त्रियुगा नगरपालिका-६ जलजलेमा बस्दै आएकी २८ वर्षीया प्रमिला लामाको हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति जङ्गबहादुर घिसिङ तामाङलाई असोज २२ गते गिरफ्तार गरेको छ।

घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज २२ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको सूचना स्थानीयले प्रहरी चौकी, जलजलेलाई दिएका थिए ।

स्थानीयले दिएको सूचनाका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी हरिहरनाथ योगीले बताउनु भयो।

पीडित र आरोपितबिच सम्वन्ध विच्छेद भएको वा नभएको यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

शवको पोष्टमार्टम जिल्लामा अस्पतालमा असोज २३ गते गरिने प्रहरीले जनाएको छ ।

अन्य

भिडियो