INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको ज्येष्ठ नागरिकको गुनासो

नलगाड नगरपालिकाका ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएको गुनासो गरेका छन् । गत साउन २७ गते सामान्य प्रशासन मन्त्रालयले नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएका गोपाल शाहीलाई आर्थिक अधिकार नदिएपछि ज्येष्ठ नागरिकले सामाजिक सुरक्ष पाउन सकेका छैनन् । चाडपर्व नजिकिएसँगै सरकारले दिने सामाजिक सुरक्षा भत्ता लिएर खाना र लत्ताकपडा किनौला भनि पर्खि बसेका ज्येष्ठ नागरिकलाई दशैँ कसरी मनाउने हो भन्ने चिन्ता बढेको छ ।

नलगाड नगरपालिका-७ का स्थानीय फत्त बहादुर चन्दले सामाजिक सुरक्षाको रकम स्थानीय तहले समयमा निकासा नगर्दा पाउन नसकेको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकको सहारा बनेको सरकारले पठाएको रकम समयमा निकासा नगर्दा चाडपर्व मनाउन मुस्किल पर्ने भएको बताउनु भयो । असाहय, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई जीविकोपार्जनमा समस्य नहोस भन्ने उद्देश्यले दिएको रकम नगरप्रमुखको लापरवाहीले समयमा पाउन नसकेको बताउनु भयो ।

सोही ठाउँका ज्येष्ठ नागरिक पम्फा शाहले डाँडामाथीको घाम जस्तै ज्येष्ठ नागरिकलाई सरकारले दिने भत्ता समयमा वितरण नगर्दा खाना र नाना जुटाउन मुस्किल हुने उल्लेख गर्नुभयो । ज्येष्ठ नागरिकलाई सम्मान पुर्वक बाँच्न पाउन अधिकारको सुनिश्चितता गरी स्थानीय तहमा पठाएको रकम निकासा नदिएपछि पाउन नसकेको उहाँको भनाइ छ ।

नलगाड नगरपालिका-४ का वडा अध्यक्ष बद्री बहादुर पन्तले लामो समय नगर प्रमुखसँग कुरा गर्दा नभएपछि ध्यानाकर्षण पत्र बुझाएको र आर्थिक अधिकार दिन बाध्य भएकोले असोज २३ गतेदेखि सामाजिक सुरक्षाको रकम खातामा आउने बताउनु भयो ।

नलगाड नगरपालिकाका प्रमुख डम्वर बहादुर रावतले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नदिएपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति मर्कामा परेको बताउनु भयो । सरकारले दिने सुरक्षा भत्ताबाट जीविकोपार्जन गरेका नागरिकले चाडपर्वमा नपाउँदा समस्या परेको उहाँको भनाइ छ ।

अन्य

भिडियो