३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ब्यास नपा–६ स्याम्घा घर भई सोही नपा–४ शितलटोल बस्ने ४३ वर्षीय पन्चलाल दर्जीलाई असोज २० गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज १६ गते बलात्कार गरेको भनी पीडितले असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २० गते दमौली अस्पतालमा गरिएको छ ।