निर्वाचन आयोगले नेकपा एमालेका तर्फबाट डोटी जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरसँग २४ घण्टाभित्र स्पष्टीकारण पेश गर्न निर्देशन दिएको छ ।
‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तपाइँ प्रतिनिधिसभा सदस्यको उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरीत देखिएको हुँदा उक्त क्रियाकलापमा संलग्न भएबापत निर्वाचन आयोग ऐन अनुसार तपाइँको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।’-आयोगले कातिक २२ गते सोधेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।
चुनावी प्रचारप्रसारमा रहेका निवर्तमान एमाले सांसद आलेमगरले पैसा बाँडेको आरोप भन्ने एक अनलाइनमा प्रकाशित समाचारलाई आधार मानेर आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले बताए ।