INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर दर्लामी मगर र सोही ठाउँका १६ वर्षीय बालकलाई ०८१ असोज १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले भदौ २९ गते छिमेकीको घरमा लगेर बलात्कार गरेको भन्दै पीडित परिवारले असोज १८ गते इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएको जानकी गाउँपालिका वडा नम्बर २ का सदस्य चित्रा कठरियाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी विश्वराज अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १८ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।

अन्य

भिडियो